रंगेली बजार क्षेत्रका घर-टहरामा डोजर लगाएपछि व्यापारीहरुको उठीबास

हुलाकी सडक निर्माणको क्रममा रंगेली नगरपालिकाले बजार क्षेत्रका घर-टहरा लगायतका संरचनामा डोजर लगाएर खालि गरेसँगै व्यापारीहरुको उठीबास लागेको छ। 

छ लेनको सडक निमार्ण गर्नका लागि बजार क्षेत्रका पुराना घर भत्काइएपछि बर्षैंदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुको उठीबास भएको हो।  नयाँ घर पुनः निर्माण नगर्दा र निमार्ण भएका घर धनीले जथाभावी भाडा असुल गर्दा आफूहरु समस्यामा परेको व्यापारीहरुको गुनासो छ।  

साना खुद्रा व्यापारीहरुहरुले  कतै एउटै कोठामा दुईवटा पसल सञ्चालन गरेका छन्  त कतै त्रिपालको सहारा तथा खुल्ला आशाक मुनि आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्।   

रंगेली बजार क्षेत्रभित्र अहिले निमार्ण गरिएका केही घरको भाडा मासिक २० हजारदेखि २५ हजार रुपैयाँ घरधनीले लिने गरेका छन् साथै घरधनीले कोठाको एडभान्स भन्दै  १ लाखदेखि २ लाख रुपैयाँसम्म माग गर्न थालेको व्यापारीहरुले बताएका छन्। 

हुलाकी राजर्माग अन्तरगर्तको सडक ठेक्का लिएसंगै रंगेलीमा करिव ७ किलो मिटर सडक निर्माण शुरु भइसकेको छ रंगेली सेक्सनको सडक निर्माणको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमाडौंले ७९ करोड २५ लाख ८६ हजार रुपैयाँमा पाएको हो। 

संघीय सरकार सडक डिभिजन निर्देशानलयको निर्देशनमा रंगेली नगरपालिकाले यसअघि नै सडकको दायाँ–बाँया १५/१५ मिटर सडक खालि गराएको थियो सडक निमार्ण गर्ने क्रममा रंगेली बजार क्षेत्रका ८७ वटा घर नगरको अग्रसरतामा भत्काइएको छ।

प्रकाशित मिति: : 2020-01-06 03:21:32

प्रतिकृया दिनुहोस्