‘द रक’ अब नयाँ भूमिकामा

रेसलिङबाट अभिनयमा उदाएका ड्वाने जोन्सन अर्थात ‘द रक’ डिसी फिल्मको अघिल्लो संस्करण ‘ब्ल्याक एडम’ मा देखा पर्दैछन्। 

एजेन्सी

काठमाडाै‌

रेसलिङबाट अभिनयमा उदाएका ड्वाने जोन्सन अर्थात ‘द रक’ डिसी फिल्मको अघिल्लो संस्करण ‘ब्ल्याक एडम’ मा देखा पर्दैछन्। 

अभिनेता जोन्सनले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएका हुन। उनले फिल्ममा आफू साजमको भूमिकामा देखा पर्ने जानकारी दिए।

फिल्म २२ डिसेम्बर २०२१ मा रिलिज हुनेछ। 

उनी ‘एनिमेशन’ गरिएको भूमिकामा हुनेछन्। यसका लागि आफूले तयारी सुरु गरिसकेको पनि जानकारी दिए। गत वर्षको अन्त्यमा जोनसनले ब्ल्याक एडमको सोही तस्बीर सार्वजनिक गरेका थिए। र, आफू भूमिकालाई लिएर आतुर रहेको बताएका थिए।

उनले यो भूमिकाका लागि आफूले पहिलेदेखि सपना देखेको पनि बताए। ‘म सानो हुँदा सुपरम्यान मेरो हिरो थिए। म पनि सानोमा सुपरम्यान भएको सपना देख्थे,’ उनले भने। 
 

प्रकाशित मिति: : 2020-01-06 04:51:48

प्रतिकृया दिनुहोस्