जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग

रासस

विराटनगर

राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ।  
    
‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए।  

जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ। कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन स्रोतको समुचित बाँडफाँटमा यसले सहयोग पु¥याउने चर्चागर्दै गणना पूर्वअभ्यास गर्नुपर्नेमा जोड दिए।
    
कार्यालयका प्रमुख अशोकुमार भट्टराईले  विदेशमा बस्नेको अनलाइन सूचना सङ्कलनका गर्नुका साथैसाथै ट्याबको प्रयोग गरी सही र विश्वासिलो गणना गर्ने विश्वास दिलाए। मोरङ जिल्लामा एक हजार ५०० गणकले जनगणना सङ्कलन गर्ने छन्।

प्रकाशित मिति: : 2020-01-06 21:25:34

प्रतिकृया दिनुहोस्