महाकालीमा चार लेनको पुल निर्माण तीव्र, भारततर्फ जोड्ने अन्योल कायमै (भिडिओसहित)

तुफान न्यौपाने

महाकाली (कञ्चनपुर)

महाकाली (कञ्चनपुर)। महाकालीपारिको दोधारा–चाँदनी (महाकाली नगरपालिका) बाँकी नेपालसँग सीधा जोडिएको २०६१ सालमा झोलुंगे पुल बनेपछि मात्र हो। त्यसअघिसम्म कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरसम्म पुग्न चाँदनी र दोधारावासीलाई भारतीय भूमि हुँदै आउनु पर्थ्याे।

दैनिक ओहोर–दोहोर गर्दा पनि पटकैपिच्छे हुने भारतीय सुरक्षा जाँचको झन्झट एकातर्फ थियो भने अर्कोतर्फ दोब्बर बढी लामो दूरी पार गर्नुपर्ने बाध्यता। महेन्द्रनगर बजारदेखि करीब साढे १० किलोमिटर दक्षिणमा भीमदत्त नगरपालिका–१३ र महाकाली नगरपालिका–४ लाई जोड्ने एक हजार ४५२ मिटर लामो झोलुंगे पुल बनेपछि एक हदसम्म त्यो बाध्यता हटेको थियो।

प्रकाशित मिति: : 2020-01-07 23:04:19

प्रतिकृया दिनुहोस्