लोकल कुखुराको झोल र भातको व्यापारबाट काँचुली फेरेको धानखोलाका मजदुर बस्तीको कथा

माधव नेपाल

काठमाडौं

बाटो खनेर जीविकोपार्जन गर्न दशकौँअघि तराई झरेका कामदारहरूले पानी पर्दा ओत लाग्न र रातमा सुत्नका लागि बनाएका साना झुपडीहरूको एक बस्ती थियो धानखोला कुनैबेला।

गैँती र बेल्चा खियाएर तिनीहरूले बनाएको महेन्द्र राजमार्ग अर्थात् पूर्व पश्चिम राजमार्ग जसरी अहिले पक्की र फराकिलो बन्दै गएको छ धानखोलाका झुपडीहरूले पनि काँचुली फेर्दै पक्की र अग्ला हुँदै गएका छन्।

कुनैबेलाका ती मजदुरहरू आर्थिक रूपमा सबल बन्दै जानुको श्रेय जान्छ राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई पुर्‍याइएको विशेष सेवा- यहाँ पाइन्छ धेरै नेपालीहरूको प्रिय खाना लोकल कुखुराको झोल र लोकल चामलको भात।

प्रकाशित मिति: : 2020-01-07 23:14:37

प्रतिकृया दिनुहोस्