पृथ्वीनारायण शाहदेवको जीवन, काम र योगदानको वर्णन र व्याख्या समेटिएको ग्रन्थ सार्वजनिक

इतिहासका चर्चित पात्र एवं विशाल नेपालका परिकल्पनाकार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवको जीवन, काम र योगदानको वर्णन र व्याख्या समेटिएको ग्रन्थ सार्वजनिक गरिएको छ।

बिहीबार सैनिक मुख्यालय भद्रकालीमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबाट सो ग्रन्थ सार्वजनिक गरिएको हो। ४ सय ४३ जना विशिष्ठ व्यक्तिहरुबाट लिखित सो ग्रन्थलाई लेखक एवं अनुसन्धानकर्ता हरीप्रसाद सोडारीद्वारा प्रकाशित एवं सम्पादित गरिएको छ।

संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी गरी चार भाषामा लेखिएको यस ग्रन्थले पृथ्वीनारायणसहित तात्कालिक अनेकौँ वीरवीरांगनाबा बारेमा जानकारी दिइएको छ। ३० खण्डमा विभाजित सो पुस्तक तत्कालिन श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहदेवका बहुआयामिक पक्षको अवगत गराउनका साथै तात्कालिक भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक अवस्थाका साथै शास्त्र र पूजा, उपासनाका बारेमा पनि यथेष्ठ सूचना दिने सामग्री संग्रह गरिएको छ।

पुस्तकको लोकार्पण गर्दै प्रधानसेनापति थापाले इतिहासलाई बुझ्न पढ्न तथा ईतिहासका बारेमा जानकारी लिन उक्त पुस्तक बहुपयोगी भएको बताए।

यस ग्रन्थमा विदेशका संग्रहालयमा पुगेका शिलालेखहरू, ताम्रपत्र, लालमोहर–भुज्रपत्र र पुराना पाण्डुलिपिका सारसंग्रहलाई समेटिएका छ ।

प्रकाशित मिति: : 2020-01-10 07:19:44

प्रतिकृया दिनुहोस्