हनुमन्ते नदी सफाइमा पाँच टन फोहर सङ्कलन

सय हप्तासम्मका लागि शुरु भएको हनुमन्ते सफाइ अभियान ९८औँ हप्ता पुगेको र १०० हप्ता भव्य रुपमा मनाइने तयारी गरेको छ।

रासस

भक्तपुर
सांकेतिक तस्बिर

हनुमन्ते नदी सरसफाइ अभियानको आज ९८औँ हप्ता मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानास्थित मध्यपुर अस्पतालसँगैको हनुमन्ते नदीको नयाँ पुल क्षेत्रमा सरसफाइ गरिएको छ।

आज भएको सरसफाइमा पाँच टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका सफाइदूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए।

अभियानमा नेपाली सेनाको वीरदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधिको हनुमन्ते सफाइ अभियानका अभियन्ताहरुलगायतको सहभागिता रहेको सफाइ अभियानका सडक, पुल, नदी क्षेत्र र नदी किनारामा फालिएका फोहरहरु सङ्कलन गरिएको थियो।

सय हप्तासम्मका लागि शुरु भएको हनुमन्ते सफाइ अभियान ९८औँ हप्ता पुगेको र १०० हप्ता भव्य रुपमा मनाइने तयारी गरेको छ। सय हप्तापछि सफाइ अभियान स्थानीय तहलाई जिम्मेवारी दिने तयारी गरिएको छ। 

प्रकाशित मिति: : 2020-01-12 04:56:35

प्रतिकृया दिनुहोस्