एमएम कपः गण्डकीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा, बिनोद लामाको उत्कृस्ट बलिङ

सुदुर पश्चिम प्रदेश सुनसरीको इनरूवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम समूह ‘डी’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो।

सुदूरपश्चिमले पहिलो खेलमा मलेसिया ११ लाई ८ विकेटले पराजित गरेको थियो।

यो सँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पुरा भएको छ। माघ १ गते हुने पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लब तथा माघ २ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले दिएको ६५ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र १ विकेट गुमाएर १०.२ ओभरमा पुरा गर्‍यो।

सुदुरपश्चिमको लागि गजेन्द्र बोहराले सर्वाधिक ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुन ऐरीले अविजित १० रन बनाए। गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा ६४ रनमै सबै विकेट गुमाएको थियो।

गण्डकीलाई सस्तैमा सिमित गर्न सुदूर पश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए। लामाले अघिल्लो खेलमा मलेसिया बिरुद्ध पनि ४ विकेट लिएका थिए। ७ विकेट हात पार्ने क्रममा लामाले ९.३ ओभर बलिङ गर्दै २ मेडन ओभरसहित १४ रन मात्र खर्चिए।

यस्तै अफ स्पिनर शेर मल्लले २ तथा तिब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए।

गण्डकी प्रदेशको लागि ओपनर किशोर महतोले सर्वाधिक १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दिपेश खत्री १, बिधान श्रेष्ठ ६, मुस्कान थापा ७, आकाश थापा ० , सुबास भण्डारी ९ , गोभिन्द प्रधान ५ , बिशाल पौडेल ३, दिपेश श्रेष्ठ ५ तथा अमृत गुरुङ खाता नखोली आउट भए।

खेलको प्लेयर अफ द म्याच बिनोद लामा चुनिए।

प्रतियोगिता अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: : 2020-01-13 06:28:54

प्रतिकृया दिनुहोस्