जाडोयाममा हाडजोर्नी दुख्ने समस्या : दीर्घकालीन रोग बन्न पनि सक्छ

हाडजोर्नी समस्याबाट बच्न विशेषज्ञ डा. सन्तोष पौडेलका टिप्स

अन्य समयमा भन्दा जाडो याममा हाडजार्नीका बिरामी बढ्ने गर्छन् । वृद्धवृद्धालाई मात्रै हाडजोर्नी समस्यामा नभएर युवाहरूमा समेत हुने गर्छ । जोर्नी दुख्ने समस्यालाई ख्याल नगर्दा दीर्घकालीन रोग बन्न पनि सक्छ । जाडो मौसममा बाथ रोगीका लागि कष्टकर समयका रूपमा लिन सकिन्छ । जाडोमा अरू समयभन्दा हाडजोर्नी सम्बन्धी रोगलाई सामान्य सम्झँदा अपाङ्ग समेत हुन सकिन्छ । विशेष गरेर जाडोमा हाडजोर्नी तथा बाथ रोगबाट कसरी राहत तथा छुटकरा पाउन सकिन्छ भनेर राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डाक्टर सन्तोष पौडेलसँग गरिएको कुराकानी :

चिसो बढेसँगै हाडजोर्नी समस्या भएका बिरामी किन बढ्छन् ?

चिसो बढेसँगै हाडजोर्नीका बिरामी बढ्ने गर्छन् । जब चिसो बढ्छ जोर्नीहरूको दुखाइ पनि बढ्छ । हाडजोर्नी समस्या अर्थात बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । त्यपछि बाथको समस्या देखापर्छ । त्यसैबाट बाथका रोगीको जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ ।

प्रकाशित मिति: : 2020-01-13 22:47:36

प्रतिकृया दिनुहोस्