वामदेव गौतमको खुलासा : केपी, प्रचण्ड, माधव र झलनाथले 'अबको प्रधानमन्त्री तपाईं' भनेकै हुन्

‘भैँसेपाटी बैठकबारे औँलो ठड्याउने काम निकृष्ठ किसिमको मान्छेले मात्रै गर्छ’

काठमाडौँ । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनको पहल जारी राख्ने बताएका छन् । उनले यो प्रस्ताव पार्टीको सचिवालय बैठकबाट पास हुने ठोकुवासमेत गरेका छन् । यही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपाका बहुमत सचिवालय सदस्यहरूको नेता गौतमको निवास भैैँसेपाटीमा छलफल नै भयो । तर यो जमघट विवादरहित भने हुन सकेन । उक्त जमघटलाई कतिपय नेकपाकै नेता कार्यकर्ताहरुले गुटगत भेलाको संज्ञासमेत दिए । तर गौतम स्वयं भने उक्त भेटघाट र नेताहरुबीच छलफल हुनु स्वाभाविक भएको बताउँछन् ।

‘पार्टीका यति माथिल्लो तहका शीर्षस्थ नेताहरु बसेर गरेको छलफल र मिटिङप्रति औँलो ठड्याउने काम जसले गर्छ । यो निकृष्ट किसिमको मान्छेले मात्रै गर्छ’ नेता गौतमको भनाइ छ ।

सभामुखको टुङ्गो लगाउन नसकेर संसद बैठक स्थगित भइरहेका बेला भैँसेपाटी भेला किन राखियो ? त्यसले के निर्णय गर्‍यो ? र त्यो निर्णय लागू हुने सम्भावना कति छ भनेर नेता वामदेव गौतमसँग रातोपाटीले जिज्ञासा राखेको छ । प्रस्तुत छ, नेता गौतम रातोपाटीका लागि फणिन्द्र नेपालले गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-01-14 14:10:02

प्रतिकृया दिनुहोस्