बीचमा बिजुलीको पोल राखेर दायाँबायाँ पिच गरियो स्वयम्भुको सडक

सोमबार राती दरबारमार्गबाट घर फर्कंदै गर्दा गायक निशान भट्टराईको ज्यान गयो।

तीनकुनेस्थित सडकमा रहेको पोलमा कार ठोक्किएपछि गम्भीर घाइते भएका भट्टराईलाई उपचार गर्न ट्रमा सेन्टर त पुर्‍याइयो तर बचाउन सकिएन।

तीनकुनेकै सडक त यति जोखिमपूर्ण छ भने काठमाडौंका भित्री सडकहरूको अवस्था झन् कहालीलाग्दो छ। साँघुरा सडकमा खाल्डाखुल्डी छन्।

भित्री सडक पानी परेपछि हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। स्थानीय बासिन्दाहरूले गुनासो गरेपछि काठमाडौं महानगरपालिकाले भित्री सडक केही फराकिलो पार्ने र कालोपत्र गर्न सुरू गरेको छ।

प्रकाशित मिति: : 2020-01-14 20:26:56

प्रतिकृया दिनुहोस्