‘अस्पताल भइदिएको भए मेरा सबै सन्तान बाँच्थे कि!’

तस्बिर : सेतोपाटी

कालिकोटको शुभकालिका गाउँपालिका–७ की धनकला महतारा ६१ वर्षकी भइन्। उमेरले ६ दशक काटे पनि उनको भोगाइको हिसाबकिताब भने निकै लामो छ। विकट भूगोल, अभाव, अन्धविश्वास र सामाजिक संरचना मिसिएको उनको भोगाइको इन्द्रेणी रंगीन होइन फिक्काफिक्का छ।

समालागाउँमा धनकलाको माइती र घरनजिकै छ। दूरी नजिकै भएर के गर्नू! माइती छोडेर पराइ घर गएकी छोरीले त्यो बेला आफैंभन्दा अग्लो जिम्मेवारीको भारी एक्लै बोक्नु पर्थ्यो।  त्यो जिम्मेवारी लिँदा धनकला जम्मा दस वर्षकी थिइन्। उनलाई थाहै थिएन- बिहे भन्या के हो?

प्रकाशित मिति: : 2020-01-15 18:48:22

प्रतिकृया दिनुहोस्