कोटेश्वर जाम कम गर्न सरकारले ल्यायो ६ योजना

 टेनिस रोका

काठमाडौं

काठमाडौं। सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ । सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्ययोजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना समेटिएको छ ।

सडक विभागका लागि जिम्मेवारी तोकिएको उक्त काम वैशाखभित्र गरीसक्नुपर्नेछ । उक्त कामका लागि काठमाडौं महानगरपालिका, अर्थ मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलले सहयोगी भूमिकामा काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति: : 2020-01-17 14:24:58

प्रतिकृया दिनुहोस्