आखिर, मानिसले खोजेको सुख के हो 'जय काका'?

तस्बिर : नेपालन्यूज

प्रायःजसो हरेक दिन बिहान फोन आउँथ्यो कि त उहाँ आफैं आइपुग्नुहुन्थ्यो। उहाँ आफैं आइपुगे पनि हाम्रोमा नबसीमलाई डोहोर्‌याएर नै आफ्नो घरतिर लिएर जानुहुन्थ्यो।उहाँसँग बसेर कुरा गर्न रमाइलै लागे पनि कहिलेकाहीँ दिक्कै लागे पनि बुढाको कुरा टार्न मन लाग्दैन थियो।

सानैदेखिका छिमेकी थियौं हामी। अझ मेरो बुबासँग त घनिष्ठ सम्बन्ध थियो उहाँको। माथि सातपत्रेमा हुँदा हाम्रै घरछेउको पैनीको डिलैडिल केनिङतिर बिहानै जाने र दिउँसोतिर फर्किने गर्नुहुन्थ्यो। उहाँकी माताजी हुँदासम्म माताजी नै त्यही पैनीको डिलैडिल ओहोरदोहार गर्नुहुन्थ्यो। हामी भुरालाई त खासै मतलव थिएन, तर मेरो बुबाआमासँग भने रामै्र सम्बन्ध थियो उहाँहरूको।

प्रकाशित मिति: : 2020-01-19 03:33:11

प्रतिकृया दिनुहोस्