प्रशासन सधैं किन दुश्चक्रमा ?

सागर पण्डित

काठमाडौँ
सांकेतिक तस्बिर

विगतदेखि वर्तमानसम्ममा आइपुग्दा नेपालको प्रशासन सुधारका लागि दर्जनांै आयोग तथा समिति बने । ती आयोग र समितिले लामो अध्ययन र विश्लेषण गरी प्रशासन सुधारका लागि सरकारलाई महŒवपूर्ण सुझाव पनि दिए । तर, आयोगहरूले दिएका अधिकांश सुझावलाई विगतका सरकारले गम्भीरतापूर्वक लिएनन् र कार्यान्वयन तहमा समेत लैजान सकेनन् । त्यसैले पनि हाम्रो निजामती प्रशासन झन् पछि कमजोर र यथास्थितिवादी चरित्रकै रूपमा रहँदै आयो । अर्कोतर्फ प्रशासनमा पनि सुधारका लागि राजनीतिक नेतृत्वकै मुख ताक्ने रोग रहँदै आयो । प्रशासनिक नेतृत्वले प्रशासन क्षेत्रलाई सुधार गर्न र व्यवस्थित प्रणालीमा चलाउन आफैंले पनि सोहीअनुसार प्रावधान ल्याउन सक्नुपथ्र्यो तर उनीहरूले सुधारका लागि काम गर्नेभन्दा पनि जागिरकै लागि मात्रै काम गर्दा प्रशासन निम्सरो जस्तो हँुदै आएको छ ।

विगतमा प्रायः सबैजसो सरकारले प्रशासनलाई सुधार गरी जनमैत्री बनाउनुभन्दा पनि हस्तक्षेप गरी आफ्नो अनुकूल चलाउने काम गर्दै आए । त्यसैले पनि प्रशासनले कहिल्यै पनि जनताको मन जित्न सकेन । अधिकांश कर्मचारी अहिले पनि जनताको दृष्टिकोणमा असल छैनन् । आफ्नै स्वार्थमा रमाउने र कामचोर प्रवृत्ति कर्मचारीका विशेषता भएका छन् । जनताको कामलाई आफ्नै काम ठान्न सक्ने प्रवृत्ति कर्मचारीमा नदेखिनु विडम्बना नै भएको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै सच्चिएर जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।

प्रकाशित मिति: : 2020-01-22 00:15:26

प्रतिकृया दिनुहोस्