ट्रान्सफर्मर घोटाला काण्ड : २ वर्षदेखि सर्वोच्चमा सुनुवाइको पालो कुर्दै ४६ करोडको भ्रष्टाचार मुद्दा

फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणलाई नै बदनाम गराउने गरि भएको कमलसल ट्रान्सफर्मर घोटालाकाण्ड २ वर्षदेखि सर्वोच्च अदालतमा सुनुवाइको पालो कुर्दैछ। यो मुद्दा एकपछि अर्को इजलाशमा पेशी चढ्ने तर सुनुवाइ नहुने हँुदै आएको छ। २०७४ कात्तिक २७ गते सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दामा हालसम्म एक पटकमात्र सुनुवाइ भएको छ। २०७४ फागुन ९ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको इजलाशले  मुद्दाका पक्ष झिकाउने आदेश गरेको थियो। उक्त आदेशपछि यो मुद्दाले हालसम्म सुनुवाइको पालो पाउन सकेको छैन। 

अख्तियारले २०७० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले तत्कालीन समयमा दुई चरणमा  मुद्दा दायर गरेको थियो। अख्तियारले विशेष अदालतमा सुरुमा तत्कालीन कार्यकारी निर्देशक डा. जीवेन्द्र झा र तत्कालीन महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर साहसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

प्रकाशित मिति: : 2020-01-22 06:17:36

प्रतिकृया दिनुहोस्