सुदूरपश्चिममा दुई सातामा १५ हजार पर्यटक (भिडियोसहित)

भिजिट नेपाल–२०२० सुरु भएको दुई सातामै सुदूर पश्चिममा १५ हजार पर्यटक भित्रिसकेका छन्। उनीहरू धार्मिकस्थल दर्शन र पहाडी जिल्लामा हिउँ खेल्न आइपुगेका हुन्। 

नेपाल सरकारले भिजिट नेपाल २०२० घोषणा गरे संँगै सुदूरपश्चिम सरकार पनि जुर्मुराएको छ। पर्यटन मन्त्री माया भट्टले  सम्पूर्ण आगन्तुकलाई सुदूरपश्चिम घुम्न निमन्त्रणा गरेकी छिन्। 

सुन्दर पश्चिम नेपालका बिभिन्न धार्मिक पर्यटन स्थल मात्रै नभएर हिउँँपरे पछि देखिने सुदूर पहाडी क्षेत्र हेर्न लायक भएका छन्। छिमेकी भारतबाट समेत भिजिट नेपाल–२०२० को सुरुवात राम्रो भएको बताउँछन्, प्रदेश सरकारका पर्यटन मन्त्री माया भट्ट। 

भिजिट नेपाल–२०२० सुरु भएको दुई सातामै सुदूर पश्चिममा १५ हजार पर्यटक भित्रिसकेका छन्। उनीहरू धार्मिकस्थल दर्शन र पहाडी जिल्लामा हिउँ खेल्न आइपुगेका हुन्। 

जैविक विविधताको हिसाबले सुदूर सम्पन्न छ। विश्वमै दूर्लभ मानिने चराचुरुंगीदेखि बाह्रसिंघे जनावर यही क्षेत्रमा छन्। अपि हिमाल, नाम्पा हिमाल र साइपाल हिमालका साथै जेठी बौरानी, कान्सी बौरानी हिमाल पनि यही पर्छ। ‘यी सम्पूर्ण चिज अवलोकन गर्न पूर्वपश्चिम सबै ठाउँँलाई निमन्त्रणा गर्दछु,’ उनले भने– ‘यहाँँ पहाड छ, तराई छ र हिमाल पनि छ। त्यति मात्रै नभएर सांस्कृतिक र धार्मिकरुपले प्रमुख पर्यटकीय स्थान छन्।’ 

जुलाघाट बैतडी हुँदै दार्चूलाबाट विश्वभरिका हिन्दुको आस्थाको केन्द्र कैलाश मानसरोबर पुग्न सजिलो र नजिकको बाटो भएको समेत बताउँछिन्। कृष्ण भगवानको मुखबाट बग्ने कर्णाली नदीलाई भारतको हरिद्वारसम्म व्यवस्थित गर्ने योजना रहेको उनले बताइन्। पर्यटन प्रवर्द्धनका लागि उद्यमीलाई समेत होटल व्यवसाय गर्न सरकारले उत्साहित गरिरहेको भट्टको भनाई छ। 

प्रकाशित मिति: : 2020-01-22 07:16:25

प्रतिकृया दिनुहोस्