मुसाले जस्तै दुलो पारेर तार लैजान्छौं : प्राधिकरण, विभाग भन्छ- खाल्डाखुल्डी पार्न पाइँदैन

फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घर–घरमा भूमिगत बिजुली वितरण गर्ने तयारी गरे पनि सडक विभागले बाटो खन्न स्वीकृत नदिँदा यो काम अगाडि बढ्न सकेको छैन।

उपत्यकाको सौन्दर्य बिग्रिएको र विद्युतीय जोखिम उच्च भएको भन्दै प्राधिकरणले उक्त क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्य पुस पहिलो सातादेखि नै सुरु गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। तर, सडक विभागले कहिले ढल र खानेपानी त, कहिले भूमिगत तारका नाममा सडक खन्ने काम भइरहेको भन्दै त्यसो गर्न नदिने बताउँदै आएको छ।

प्रकाशित मिति: : 2020-01-23 01:59:44

प्रतिकृया दिनुहोस्