नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

फाइल तस्बिर

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे। त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी गर्न नपाइने भन्दै नेता–कार्यकर्तालाई निर्देशन जारी ग-यो। तर राजनीतिक प्रतिवेदनमा गुटबन्दी अन्त्यका लागि वैधानिक व्यवस्था गर्न प्रस्ताव राख्ने दुई अध्यक्ष र सचिवालयका सदस्य तथा गुटबन्दी नगर्न निर्देशन दिने नेताहरू नै गुटबन्दीमा लागेका छन्।

अध्यक्ष दाहालले स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा पूर्व माओवादी समूहका नेताहरूलाई खुमलटारमा बोलाएर बैठक गरे। स्थायी कमिटी बैठक बसिरहेका बेला यसरी आफ्नो समूहका नेताहरूलाई बोलाउनु नै गुटबन्दी थियो। त्यति बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली भने स्थायी कमिटी बैठकमा सहभागी थिएनन्। बैठक सकिएपछि ओली र दाहाल दुवैले गुटबन्दी अन्त्यका लागि अन्तरपार्टी निर्देशन जारी गरे। त्यसको उल्लंघन पछिल्लो पटक दाहालले नै गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-01-24 00:43:00

प्रतिकृया दिनुहोस्