राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ विजयी

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन्।

नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए।

उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए।

प्रकाशित मिति: : 2020-01-24 06:37:37

प्रतिकृया दिनुहोस्