राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाका पारशमणी र बिसी विजयी

रमेश रावल

सुर्खेत

राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट (नेकपा)का उम्मेदवार मायाप्रसाद आयार्य (पारशमणी) र सुमित्रा बिसी विजयी भएका छन्। 

बुधबार भएको निर्वाचनमा नेकपा उम्मेदवारहरु विजयी भएका हुन्। पारशमणीले ३६४८ मत ल्याएका थिए भने उनका निकतम डिल्लीराम पाठक १०२६ ल्याए।

यता सुमित्रा विसीले ३६८४ ल्याइन् भने गणेशकुमारी वस्नेत १०२६ मत ल्याइकी थिइन्।

कर्णाली प्रदेशमा १ सय ९५  मत खसेको थियाे।

तीन जना मतदाताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यले बताए। निर्वाचनमा मतदान गर्न नआउनेमा हुम्ला नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङ,डोल्पा डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष मल्लतासी गुरुङ्ग र कालिकोट तिलागुफा नगरपापलिका उपप्रमुख दन्ता नेपाली (दर्शना) रहेका छन्। 

नाम्खा पालिका उपाध्यक्ष तामाङ बिरामी भएका कारणले मतदान अनुस्थित भएकी हुन् भने  डोल्पोबुद्धका उपाध्यक्ष गुरुङ्ग मुर्ति चारेको आरोपमा जेलमा रहेकाका कारण अनुस्थित भएका हुन्। 

यता तिलागुफा नगरपापलिका उपप्रमुख दर्शना भने लामो समयदेखि अमेरिका तिर रहेकी छिन्।  उनी अमेरिका एक कार्यक्रम गएका बेला उतै लुकेर बसेकी छन्।

शिक्षकदेखि राष्ट्रियसभा सदस्यसम्म पारशमणी

राजनीतिक यात्राः नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव रहेका पारशमणी उनी २०३८ सालमा अखिल विद्यार्थीको सदस्यमा आबद्ध भएका थिए। २०४२ सालदेखि सामाज सुधार युवा क्लब जगतिपुरको अध्यक्ष भएर उक्त संस्थामार्फत कम्युनिष्ट पार्टीको काम गरेका थिए। शिक्षक संगठनबाट शिक्षक संगठनमा आवद्ध भएका शर्माले २०४७ सालदेखि पार्टी राजनितिमा संलग्न रहेका शर्मा तत्कालिन नेकपा (मशाल)को खुलामञ्च नयाँ जनवादी मन्चको उपाध्यक्ष हुँदै पार्टी सदस्यता प्राप्त लिएका थिए। 

२०४७ मंसिरमा मशालको जिल्ला समिति सचिवालय सदस्य भएका ०४९ चैत्रदेखि पूर्णकालिन राजनीतिकमा होमिएका हुन्।

२०५१ सालदेखि भुमीगत भएका शर्माले २०५२ सालमा माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धमा सहभागी भएका थिए। २०५५ साल असोजदेखि नेकपा माओवादीको  दैलेख र सुर्खेतको जिल्ला सेक्रटरी, ०५७ माघदेखि पश्चिम क्षेत्रीय व्युरो सदस्य, ०६० माा केन्द्रीय सदस्य, ०६२ आश्विनको चुनवाङ्ग बैठकपछि पार्टीका हरेक सदस्यहरु एकएक तह तल झर्ने नीति अनुसार सेती महाकाली व्युरो सचिवालय सदस्य, ०६३ चैत्रमा सेती व्युरो सेक्रटरी भएका थिए। 


नामः मायाप्रसाद शर्मा (पारशमणी)

जन्जमितिः  २०२० साल असार १५ गते 

जन्मस्थानः जाजरकोट भेरी नगरपालिका १२ (साविक जगतिपुर गाबिस)

शिक्षाः आइए पास 

अनुभवः लामो समय शिक्षण पेशामा संग्लन


२०६४ बैशाखदेखि गणतान्तिक मंन्च समन्वय समितिको संयोजक, २०६४ सालको संविधान सभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सभासद, २०६५ मंसिरमा पुःन माओवादीको केन्द्रीय सदस्य तथा भेरी कर्णाली राज्य समितीको सहइन्चार्ज  जिम्मेवारी शर्माले समालेका थिए। 

२०६९ सालमा नेकपा माओवादीको  विभाजनपछि वैद्य समुहमा लागेका शर्मा २०६९ साल असार देखि वैद्य नेतृत्वको माओवादीको भेरी कर्णाली राज्य समितिको ईन्चार्ज,२०६९ वैद्य नेतृत्वको माओवादीको माघमा सम्पन्न सातौं महाधिवेशनमा पोलिटब्युरो सदस्य तथा भेरी कर्णाली राज्य समिती इन्चार्ज, रामबहादुर थापा बादलसँगै एकिकृत माओवादीमा पुन माओवादीमा समाहित भएका थिए। 

२०७२ कार्तिकदेखि प्रचण्ड नेतृत्वको माओवादीको सचिवालय सदस्य र ०७३ मंसिर कर्णाली प्रदेश संयोजक, नेकपा एमाले र नेकपा माओवादीको एकतापछि  २०७५ जेष्ठदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी सम्हालेका छन्।

जनयुद्धका क्रममा शर्माका माईला भाई इन्लाल, बहिनी ममिता ,ज्वाँई बुद्धि चपाई र ठुलो बुवाका छोरा भलाल शर्माले जनयुद्धमा ज्यान गुमाएका छन्।

शर्माका आमा र बाबा वाहेक सबै परिवार तत्कालिन जनयुद्धमा समावेश भयो। भाई रामदीप आचार्य नेकपाकै केन्द्रीय सदस्य छन भने भाइ बुहारी कृष्णाकुमारी शाही कर्णाली प्रदेशसभा सदस्य छन्। 

बैंकको जागिरेदेखि राष्ट्रियसभाको सदस्यसम्म बिसी

प्रेरणाको स्रोतः राजनीतिकमा आउनका लागि बिसीको प्रेरणको स्रोत उनका बुबा हुन्। बिसीका बुबा हरीबहादुर बुढाथोकी तत्कालिन कम्युनिष्ट किसान संगठनमा संगठित भएका थिए। दाजुहरुपनि शिक्षक भएका कारणले उनलाई कम्युनिष्ट राजनीतिकले आकर्षित गरेको हो। 

राजनीतिक यात्राः २०३९ सालमा नेकपा तत्कालिन मालेबाट पार्टी सदस्यता लिएर राजनीतिक यात्रा शुरु गरेकी बिसीले कम्युनिष्ट राजनीतिकमा लामो योगदान गरेकी छन्। राजनीतिक यात्रामा विभिन्न आरोह अवरोह पार गरेकी बिसीले नेपाल कम्युनिष्ट पार्टीका विभिन्न भातृ संगठनमा बसेर काम गरेकी छन्। 

२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा स्थायी भएकी बिसीले कम्युनिष्ट राजनीतिकमा लागेको भन्दै तत्कालिन पंचायती व्यवस्थाले उनलाई जागिरबाट बर्खास्त गरेको थियो। जनआन्दोलन सफलतापछि बहुदलीय व्यवस्थाको स्थापना भएपछि बिसीले २०४८ सालमा राष्ट्रिय वाणिज्य बैंकको पुर्नबहाली भएको थियो। 


नामः सुमित्रा बिसी

जन्जमितिः २०१७ साल पौष २७ गते

जन्मस्थानः सिम्ला गाउँपालिका (साविक सिम्ला खोनीखोला–२)

शिक्षाः हाइस्कुल (पास)

अनुभवः २०४४ सालमा शिक्षण पेशा, २०४५ सालदेखि २०७४ सालसम्म बैंकको कर्मचारी


राजनीतिकमा लागेका कारणले विभिन्न बेला जेल जीवन बिताएकी बिसीलाई २०६२/०६३ सालको जनआन्दोलनमा २०६२ साल चैत्र २४ गते काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेपछि २०६३ साल बैसाख ११ गतेको शाही घोषणापछि मात्र रिहा गरेको थियो। 

२०३९ सालदेखि नै नेपाल कम्युनिष्ट पार्टीका विभिन्न जनसंगठनमा रहेकी बिसीले राष्ट्रिय वाणिज्य बैंक सुर्खेतको कर्मचारी संगठनको अध्यक्ष हुँदै केन्द्रीय सचिव र उपाध्यक्ष पदमा रही काम गरि सकेकी छन्। २०४९ सालमा कर्मचारी संगठनको केन्द्रीय सदस्य भएकी बिसी अखिल नेपाल महिला संघको बाँके अध्यक्षसमेत भइसकेकी छन्। 

२०५३ सालमा नेकपा एमालेको भेरी अंचल सदस्य भएकी बिसी पार्टीको जिल्ला समितिमा पटक पटक काम गरेकी छन्। लामो समय राजनीतिकमा रहेकी बिसीका एक छोरा आइटी इन्जिनियर रहेका छन्। 

 

प्रकाशित मिति: : 2020-01-24 07:17:04

प्रतिकृया दिनुहोस्