अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छिन्। आत्महत्या गर्नुको कारण अझै प्रस्ट भएको छैन।
उनको निजी जिन्दगीमा समस्या भएकोले उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
सेजल शर्मा उदयपुरकी हुन्।
उनी टिभी सिरियल ‘दिल तो ह्याप्पी है जी’की अभिनेत्री हुन्।
यो सिरियलमा सिम्मी खोसलाको भूमिकाको लागि चिनिन्छ। सेजलसँगै सिरियलमा काम गरिरहेका अभिनेता अरु सी वर्माले सेजलले आत्महत्या गरेको पुष्टि गरेका छन्।
यो सिरियलमा अरुले सेजलका दाजुको भूमिका गरिरहेका थिए।