दीपिका पादुकोणको ‘छपाक’लाई लगानी उठाउन धौधौ

दीपिका पादुकोणको छपाकले बक्स अफिसमा निराशाजनक कमाइ गरेको छ। रिलिजपूर्व निकै चर्चामा रहे पनि छपाक बक्स अफिसमा भने सोचे अनरुपको कमाइ गर्न नसकेको हो।

पहिलो हप्ता भन्दा चलचित्र दोस्रो हप्तासम्म टिक्न कठिन देखिएको थियो। तेस्रो हप्तामा छपाक धेरैजसो हलबाट उत्रिएको छ। 

चलचित्रले कूल ३५ करोडको कमाएको छ। चलचित्रको लागत पनि ३५ करोड नै भएको बताइएको छ।

प्रचार र प्रिन्टमा १० करोड खर्च गरी कूल ४५ करोडमा बनेको चलचित्रले लगानी पनि उठाउन सकेको छैन।

दीपिका पादुकोण र विक्रान्त मेसी चलचित्रकाे मुख्य भूमिकामा छन्।

प्रकाशित मिति: : 2020-01-26 11:02:42

प्रतिकृया दिनुहोस्