तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको निर्देशन विशाल सापकोटाले गर्ने भएका छन्।
सापकोटा चलचित्र ‘सेल्फी किङ्ग’का निर्देशक समेत हुन्।
यूवा फिल्मस्ले यो चलचित्रको नेपाली रिमेक निर्माण गर्ने अधिकार लिइसकेको छ।
निर्माणटिमले अडिसनको माध्यमबाट कलाकार चयन गर्ने बताएको छ।
यो चलचित्र निर्माणमा जी २१ फिल्मस्ले पनि सहकार्य गर्ने भएको छ।
नेपालमा विदेशी चलचित्रको राइट्स नै लिएर चलचित्र निर्माण भएको छैन।
यसैले पनि बलिउडमा समेत ‘कविर सिंह’को नाममा बनिसकेको यो चलचित्रको नेपाली भर्सनको प्रतिक्षा दर्शकमा पनि बढेको छ।