गायिका रावतलाई यथाशिघ्र हिरासत मुक्त गर्न नायिका थापाकाे आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

 नायिका रेखा थापाले प्रहरी हिरासतमा रहेकी गायिका आस्था रावतलाई यथाशिघ्र हिरासत मुक्त आग्रह गरेकी छिन्। 

स्वास्थ्यमा समस्या आएपछि त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना भएकी राउतलाई भेट्दै थापाले यो घटनाले आस्थालाई धेरै पाठ सिकाएको बताइन्। उनले राउतको आत्मविश्वासमा भने आफूले कत्ती पनि कमी नआएको पाएको बताइन्। रेखाले भनिन्–‘आस्था अझै डराएकी छैनन्। गल्ती भएको कुरालाई स्विकारेर माफी पनि मागिसक्दा कानुनी कुराबाट भएको निर्णयलाई स्विकार्ने पक्षमा आस्था देखिएकी छिन्।’

आस्थाको भनाई उदृत गर्दै रेखाले शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्वीकार गरेको पनि बताइन्। ‘उनले मसँगको भेटमा आवेगमा आएर बोल्दा गल्ती भएको बताइन्। एकदमै चित्त दुखेकाले आवेगमा आएर बोल्दा गल्ती भएको आस्थाले स्विकार गरेकी छिन्।’

आवाज उठाएकै भरमा यस्तो सजाय न्यायोचित नभएको पनि रेखाले बताइन्। उनले भनिन्–‘उ सेलिब्रिटी हो भन्ने कुरा बिर्सिने हो भने त, आवाज नै उठाउनेहरु मण्डला माइतीघरमा कती हुन्छन् नि। के अब सबैलाई बोलेकै भरमा लगेर थुनिदिने हो त?’

प्रकाशित मिति: : 2020-01-29 01:48:50

प्रतिकृया दिनुहोस्