छाउगोठलाई शिक्षाको घनले भत्काऔं

सांकेतिक तस्बिर

मानिस चेतनशील प्राणी भए तापनि ऊभित्र रहेको क्षमतालाई बाहिर ल्याउने, बढाउने, हुर्काउने तथा विकसित गर्ने काम शिक्षाको हो । समाजमा रहेका अव्यावहारिक, अवैज्ञानिक, असान्दर्भिक तथा वादी संस्कृति एवं संस्कारलाई समयसापेक्ष बनाई आधुनिक समाज निर्माणको लागि सामाजिक चेतनाको ठूलो महŒव हुन्छ । सामाजिक चेतनाको स्रोत शिक्षा हो । आजका आधुनिक, विकसित वा समृद्घ देशको इतिहासको अध्ययनले पनि यो कुरा पुष्टि गर्दछ ।

आजका विकसित राष्ट्रले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक एवं वैज्ञानिक विकासको आधार शिक्षालाई बनाए । समाजमा रहेका अन्धविश्वास एवं सामाजिक विकृतिलाई भत्काउने काम शिक्षाको चेतनाले गरे । आर्थिक उन्नतिको आधार शिक्षाबाट खडा गरे । राजनीतिक शुद्घीकरणको अभ्यासमा पनि शिक्षाको आधार लिए । त्यसैले, ती राष्ट्रले गरिबी, अभाव र सामाजिक अन्धविश्वासबाट छुटकारा पाउन सफल भएका हुन् ।

प्रकाशित मिति: : 2020-01-31 00:36:44

प्रतिकृया दिनुहोस्