राज्यमन्त्रीको राजीनामाका सम्बन्धमा मुख्यमन्त्री राउतले खोले मुख

सुजीतकुमार झा

जनकपुरधाम

प्रदेश सरकारका एक राज्यमन्त्रीले राजिनामा दिएको दुई दिनपछि मुख्यमन्त्री लालबाबु राउतले राजीनामा सम्बन्धमा मुख खोलेका छन् । उनले सरकारको कामसंग असन्तुष्टिले होइन उहाँहरुको आफ्नै पार्टीका कारणले राजिनामा आएको बताए ।भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिएकी थिइन् । राज्यमन्त्री झाले आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी थिइन् । डा. झा राजपा कोटाबाट राज्मन्त्री भएकी थिइन । राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाको श्रीमती समेत रहेकी डा. झाको राजिनामा सम्बन्धमा मुख्यमन्त्रीको प्रतिक्रिया आएपछि राजपामा कुन यस्तो विवाद भएको वा मुख्यमन्त्रीले ध्यान अर्कैतर्फ मोड्न यसप्रकारको प्रतिक्रिया दिएको विश्लेषक वर्गमा चर्चाको विषय वनेको छ ।

प्रकाशित मिति: : 2020-02-02 05:28:13

प्रतिकृया दिनुहोस्