राष्ट्रियसभा विशेष समयः सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै ब्रिजेशचन्द्र लालले नेपाल र चीन सरकारबीच भएको सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौताबारे सरकारको धारणा माग गरे।

पिजन होलमा परराष्ट्रमन्त्रालयबाट परराष्ट्रमन्त्रीको हस्ताक्षर सहित जानकारीको लागि पेस गरिएको भनिदै नेपाल र चीन सरकारबीच सम्पन्न भएको सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौता राखिएको उल्लेख गर्दै उनले कुनै पनि सीमा सम्बन्धी सम्झौता सदनलाई जानकारी दिएर मात्रै नपुग्ने तर्क गरे।

प्रकाशित मिति: : 2020-02-03 05:12:43

प्रतिकृया दिनुहोस्