मनस्थितिमा बलियो छाउगोठ

सुदूरपश्चिम र कर्णाली प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडीलगायतका विभिन्न पहाडी जिल्लामा यतिबेला छाउगोठ भत्काउने अनौठो होड चलेको छ । देशको सुदूर कुनामा छाउगोठ भत्काइएका खबरले पत्रपत्रिकाका पाना भरिएका छन् र त्यहाँदेखि टाढाको राजधानीसम्म ती खबरको कम्पन महसुस भइरहेको छ । सरकारी र गैरसरकारी तहबाट छाउपडी प्रथा अमानवीय प्रथा भएको र महिलालाई रजस्वला तथा सुत्केरी भएका बेला निर्जन गोठको अमानवीय जीवन व्यतित गर्न बाध्य पार्नु हुँदैन भन्दै प्रतिक्रियात्मक कदम चालिँदै आएको छ । सरकारी र गैरसरकारी तबरबाट छाउगोठ भत्काउने काम भए पनि छाउ बार्ने चलनमा कमी आउन सकेको छैन । यस्तो किन त ? किनभने कुसंस्कृतिको अन्त्य पहिले मनबाट हुनुपर्छ र त्यसपछि मात्र त्यसले भौतिक जीवनमा परिणाम दिन्छ भन्ने बोध नभएका कारण ।

प्रकाशित मिति: : 2020-02-03 06:41:42

प्रतिकृया दिनुहोस्