रातै रङमा रंगिएको 'रेड किङ्डम': प्रतीक्षा गरिरहेछ 'सुपर बल' उपाधि

फेब्रुअरी २, २०२०। स्थानीय समयाअनुसार यतिबेला यहाँ दिन ढलेर साँंझ हुन लागेको छ। यतिबेला म अमेरिकाको कान्सास सहर आइपुगेको छु। अमेरिकाको मध्यपश्चिमी भागमा अवस्थित यो पुरानो सहरलाई मानिसहरू ट्रयुम्यान सहर पनि भन्छन्। यही सहरले अमेरिकाको ३३औं राष्ट्रपति ह्यारी एस ट्युम्यान दिएकाले यो सहर सगौेरव आफूलाई ट्रुम्यान सिटी भनेर परिचय गराउँछ। यद्यपि,सन् १९४५ देखि १९५३ सम्म अमेरिकी राष्ट्रपति रहेका  लेम्यान अमेरिकाका  ट्रुम्यान अमेरिकाकै सबैभन्दा अलोकप्रिय राष्ट्रपति मानिन्छन् । 

मिजौरी नदीको दुईतिर फैलिएको यो सहरको केही भाग मिजौरी राज्यमा पर्छ भने केही भाग कान्सास राज्यमा पर्छ। यसैले रातो रङ्गको राज्यको नीलो रङ्को यो सहरलाई जुम्ल्याहा सहर (ट्वीन सिट्टी) पनि भनिन्छ। 

यो सहरले पछिल्लोपटक आफ्नो नयाँ परिचय बनाउँदैछ- चिफ सहरको । चिफ अमेरिकी फुटबलको एक मसहुर टिम हो। यही सहरको यो टिमका कारण हिजोआज यो सहर रेड किङ्गडमका नामले परिचित छ ।

आज यो सहर फेरि एकपटक रातै भएको छ। कारण, अबको केही मिनेटपछि फ्लोरिडाको मायामीमा आयोजना हुने यो वर्षको सुपर बलमा कान्सास सिटी चिफ पनि खेल्दैछ। रातो रङ कान्सास सिटी चिफको ब्राण्ड कलर हो । अहिले कान्सास सिटी दुलही सिंगारिएझै रातो रङले सजिएको छ। 

म यतिबेला अमेरिकाको मध्यपश्चिमी पुरानो सहर कान्सास सिटी आइपुगेको छु। कुनै समय ट्रुम्यान सिटीका रूपमा परिचय बनाएको यो सहर यतिबेला चिफको सहरका रूपमा नयाँ परिचय बनाइरहेको छ। रेड किंगडम पनि भनिने यो सहरको अमेरिकी फुटबल टिम यसपटक सुपर बल फाइनल खेलिरहेको छ। ऊ कुनै पनि हालतमा सुपर बाउल जितेर बुधबार सेलिब्रेसन गर्ने मुडमा छ। 

हरेकले केही न केही रातो रङका लगाएकै छन्, क्याप, टिसर्ट, ज्याकेट जे भए पनि। अधिकांश गाडीमा कान्सास सिटी चिफको फ्लाग फर्फराइएको छ। अधिकांश घरमा पनि रातै झण्डा गाडिएका छन्। 

अहिले यो सहर अरू केही सुन्न तयार छैन। ऊ कान्सास सिटी चिफले सुपर बल जितेको देख्न चाहन्छ। र, बुधबार त्यसको विजयोत्सव मनाउने मुड बनाएर बसेको छ। 

लेख्दालेख्दै कान्सास सिटी र चिफ सान्फ्रान्सिस्को फोर्टीनाइर्सबीच सुपर बलको फाइनल सुरू भसकेको छ। सहरको मध्यभागमा अवस्थित म्यारियट होटलको लबीमा राखिएको ठूलो टीभी स्क्रिनमा मानिसहरू सुपर बल हेर्न थालिसकेका छन्। 

रोम गए रोमन जस्तै गर्नु भनेझैं म पनि उनीहरूसँगै बसेर सुपर बल हेर्न थालेको छु । यद्यपि, म यो खेल पूरै बुझ्दिन। तर, अहिलेको यो माहोलमा मैले अमेरिकी फुटबल बुझ्दिन भनेर साँचो भन्न सक्ने अवस्था नै छैन। त्यसमा पनि कान्सास सिटी चिफको विपक्षमा त कुनै कुरा त सोच्ने स्कप पनि कसैले कसैलाई दिनेवाला छैन।

 

प्रकाशित मिति: : 2020-02-03 19:13:02

प्रतिकृया दिनुहोस्