दुर्घटनामा आठको मृत्यु

 सुनसरी र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीमा आइतबार बिहान हायस र बस आपसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन्। त्यस्तै सर्लाहीमा शनिबार राति भएका दुई दुर्घटनामा तीनजनाको मृत्यु भएको हो।

प्रकाशित मिति: : 2020-02-04 04:46:30

प्रतिकृया दिनुहोस्