नेपाललाई पाँचौ सफलता, शुसन भारीले लिए एकै ओभरमा दुई विकेट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रूपमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले पाँचौ सफलता हात पारिसकेको छ।

नेपालले १९ औं ओभरमा सुसन भारीले २ विकेट लिएपछि नेपालले पाँचौ सफलता हात पारेको छ।

यही प्रतियोगिताबाट डेब्यू गरेका भारीले १९ औं ओभरको चौथो बलमा २० रन बनाएर खेलिरहेका जिसान माक्सुदलाई एलबिडब्लुको धरापमा पार्दै डेब्यू विकेट लिए।

त्यसपछि सोही ओभरको अन्तिम बलमा सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए।

यसअघि करण केसीले २ विकेट लिएका थिए। उनले आफ्नो पहिलो ओभरको अन्तिम बलमा ओमानका जितेन्दर सिंहलाई बोल्ड आउट  गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

यस्तै सातौ ओभरको चौथो बलमा खावार अलिलाई विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए।

अलिले १५ बल खेलेर १ चौकासहित ५ रन बनाएका थिए।

यस्तै नेपालले तेस्रो विकेट रन आउटबाट लियो। जसमा दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटमा १६ रन बनाएर खेलिरहेका आकुब इलियस आउट भएका थिए।

कसिलो बलिङ गरिरहेको नेपाली बलरसामू ओमानले खुलेर खेल्न सकिरहेको छैन।

प्रकाशित मिति: : 2020-02-05 23:51:48

प्रतिकृया दिनुहोस्