अन्योलग्रस्त राजपा, पासो थापेर तम्तयार नेकपा !

नम्बर प्रदेश सरकार फेर्ने र केन्द्र सरकारमा सामेल हुने विषयमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूबीच विवाद बढेको छ । अध्यक्षमण्डलका ६ जना सदस्य नै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगको सम्बन्धलाई लिएर दुई धारमा विभाजित छन् ।

अध्यक्षमण्डलका नेताहरूमध्ये संयोजक महेन्द्रराय यादव र सदस्य महन्थ ठाकुर सरकारमा जान नहुने पक्षमा देखिएका छन् । सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा जाने पक्षमा देखिएका छन् ।

प्रकाशित मिति: : 2020-02-08 11:38:57

प्रतिकृया दिनुहोस्