चिनियाँ रेडियाेमा काम गर्ने नेपाली पत्रकार भन्छन्–अहिले ठिकै छ। के हुन्छ हेराैं?

बेइजिङबाट चाइना रेडियो इन्टरनेशनलका नेपाली सञ्चारकर्मी यसो भन्छन्

संजोग आचार्य

न्युयाेर्क

पत्रकारिता त्यसै पनि सहज पेशा होइन। यसमा पनि राष्ट्रमा जब ठूलो विपत्ति आइलाग्छ अन्न क्षेत्रका विज्ञजस्तै  सञ्चारकर्मीको पनि उत्तिकै भूमिका हुने गर्छ। चीनमा अहिले कोरोना भाइरसकाे संक्रमणले महामारीकाे रुपमा लिइसकेकाे छ। त्यसैले अन्य पेशाका व्यक्ति जस्तै समाचार संकलन गर्ने कार्यमा जुटेका हरेक सञ्चारकर्मीलाई यतिबेला युद्धभूमीमा हाेम्मिएकाे भन्दा कम भएकाे छैन।
 
विगत आठ बर्षदेखि बेईजिङस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका चाइना रेडियो इन्टरनेशनलका (सीआरआई) सञ्चारकर्मी लक्ष्मी लम्सालको अनुभव पनि याे भन्दा फरक छैन। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘हामी रिपोर्टिङमा जानु पर्दैन। त्यसैले केही सहज छ। तर, बाहिर समाचार संकलनमा निस्कने पत्रकारले कसरी काम गर्दैछन्, त्याे अनुमान लगाउन पनि गाह्राे छ।’

‘हामी रिपोर्टिङमा जानु पर्दैन। त्यसैले केही सहज छ। तर, बाहिर समाचार संकलनमा निस्कने पत्रकारले कसरी काम गर्दैछन्, त्याे अनुमान लगाउन पनि गाह्राे छ।’

लम्साल  समाचारकक्षमा रहँदा पनि मास्क लगाउने गर्छन् । बेइजिङमा कोरोना भाइरसको महामारीले उग्ररुप लिएकाे छैन। तर पनि सबैमा डर  उत्तिकै छ। लामो समय चिनियाँ सञ्चारमाध्ययमसँग आबद्ध भई काम गर्दै आएका लम्सालले केही मलिन स्वरमा भने, ‘बेइजिङमा छु। अहिले त ठिकै छु। तर, हामी बसेको स्थानमा पनि आइसक्यो भन्ने सुनिएकाे छ। यसको भ्याक्सिन कहिले पत्ता लाग्ला? सबै त्रसित छन्।’
 
 चीनमा अहिले सञ्चारमाध्यममा काम गर्ने मात्र नभएर बाहिर फिल्डमा जाने जो कोहीले  आफ्नो इम्युनिटी बढाउने र भाइरसविरुद्ध लड्न सक्ने शरीर बनाउनु बाहेक अर्काे उपाय नभएको लम्सालको भनाइ छ। ‘अहिले त सजिलै छ, डेस्कमा अनुवादित समाचार आउँछ, एडिट गरेर ब्रोडकास्ट गर्छाै। पछि के हुन्छ थाहा छैन? ’ लम्साल भन्छन् ।


 

प्रकाशित मिति: : 2020-02-08 13:06:29

प्रतिकृया दिनुहोस्