कञ्चनपुरको विमानस्थललाई पुनः सञ्चालन ल्याउछौं : पर्यटनमन्त्री भट्टराई

बिएल संवाददाता

भीमदत्तनगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने बताएका छन्।

भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको विमानस्थलको शनिबार अनुगमन गर्दै मन्त्री भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका हुन्।

२०५१ सालमा सो स्थानबाट विमान चढेर काठमाडौँ गएको स्मरण गर्दै मन्त्री भट्टराईले भने, 'विमानस्थल तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ, यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ।'

उक्त अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो। २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो।

विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आवमा विनियोजनसमेत गरेको छ। ६५ बिघ क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर रहेको छ।

विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ 

 


 

प्रकाशित मिति: : 2020-02-09 01:37:36

प्रतिकृया दिनुहोस्