एकदिवसीय खेलमा कप्तान ज्ञानेन्द्रले हाने दाेस्राे अर्धशतक

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ओमानविरुद्द जारी खेलमा उनले अर्धशतक बनाएका हुन्। उनले ७० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्। उनले अर्धशतक बनाउन २५ औं ओभरको चौथो बलमा चौका प्रहार गर्दे ५३ रन बनाएका थिए। 

ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले २०१८ मा एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्डविरुद्दको पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए। नेपालले मान्यता पाएपछि अगस्ट १ र ३ मा नेदरल्यान्डसँग एकदिवसीय खेल खेलेको थियो। उनले उक्त खेलमा ५१ रन बनाएका थिए।

यसअघि पूर्वकप्तान पारस खड्काले नेदरल्यान्डविरुद्दको दोस्रो खेलमा अर्धशतक पुरा गरेका थिए। उनले ६९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका थिए। पारसलाई सिलारको बलमा स्नेटरले क्याच आउट गराएका थिए।

प्रकाशित मिति: : 2020-02-09 23:49:08

प्रतिकृया दिनुहोस्