शर्मिलाले अमेरिकाको सर्वोच्च शिखर चुम्ने

नेपाली महिला आरोही शर्मिला थापाले अमेरिकाको सर्वोच्च शिखर डेनाली हिमाल आरोहण गर्ने भएकी छिन्। अगामी मे महिनामा थापाले अमेरिकाको ६१९० मिटरको उच्च हिमाल डेनाली चढ्ने घोषणा गरेकी छिन्।

शनिबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र एक महिलालाई प्रेरणा प्रदान गर्ने उदेश्यले उक्त हिमाल आरोहण गर्न लागेको उनले बताइन्। अमेरिकामा हराउन नभएर केही गरेर देखाउन आएकोले उक्त हिमाल आरोहण गर्न लागेको शर्मिलाको भनाई छ।

सो अवसरमा मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले सकारात्मक उद्धेश्यले आरोहण गर्न लागेकोले दाताहरुलाई  सहयोग गर्न पनि आग्रह गरे।

प्रकाशित मिति: : 2020-02-10 06:10:23

प्रतिकृया दिनुहोस्