अनुष्कालाई मिस वर्ल्डमा अवार्ड दिलाउने भिडिओग्राफर

भिडिओग्राफरद्वय प्रझोल थापा मगर 'झोले' र दर्शन पोखरेल।

गत डिसेम्बरमा आयोजित 'मिस वर्ल्ड-२०१९' मा मिस नेपाल अनुष्का श्रेष्ठले 'मल्टिमिडिया अवार्ड' हात पारिन्। अघिल्लो वर्ष मिस वर्ल्डमा पनि शृंखला खतिवडाले यही अवार्ड जितेसँगै यो नेपालले हासिल गरेको दोस्रो मल्टिमिडिया अवार्ड हो।

मल्टिमिडिया च्यालेन्जको विजेता घोषणा हुँदै गर्दा बेलायतमा रहेकी अनुष्काको ढुकढुकी बढेको थियो। यता नेपालमा अनुष्काको उक्त भिडिओ खिच्ने दर्शन पोखरेल भने आफ्नै भिडिओले अवार्ड जित्नेमा ढुक्क थिए रे।

'भिडिओ युट्युबमा अपलोड गरेको एक घन्टामा दुई सयभन्दा बढीले हेरेका थिए,' २० वर्षीय दर्शनले सेतोपाटीसँग भने, 'मिस नेपाल अनुष्का श्रेष्ठको शून्य सबस्क्राइबरको युट्युब च्यानलबाट अपलोड गर्दा पाएको त्यो भ्युजले अवार्ड जित्ने आशा जगाएको थियो।

प्रकाशित मिति: : 2020-02-10 20:11:51

प्रतिकृया दिनुहोस्