आयोवाका ४१ डेलिगेट : बटिजजलाई १४, स्याण्डर्सलाई १२, बाँकि १५ तीनजनालाई

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वारको पहिलो लिटमेस टेस्टको परिणाम आएको छ। आयोवा ककसको परिणामले यो लिटमस परिणाम दिएको हो । 

४१ डेलिगेट भएको आयोवामा पाँच उम्मेद्वारले पाएको प्रिसिङ्ट मतका आधारमा डेलिगेट बाँडेका छन्। ४१ मध्ये सबैभन्दा बढी १४ डेलिगेट मेयर पिट बटिजजले पाएका छन् भने उनीभन्दा ०.१ प्रतिशत प्रिसिङ्ट मत पाएका सिनेटर बर्नी स्याण्डर्सले १२ डेलिगेट पाएका छन्। यसैगरी तेस्रो स्थानमा रहेकी सिनेटर एलिजावेथ वारेनले डेलिगेट आठ , चौथो स्थानमा रहेका पूर्वउपराष्ट्रपति जो बाइडनले छ र पाँचौ स्थानमा रहेकी सिनेटर एमी क्लोबचरले एक डेलिगेट पाएकी छिन्। 

यदि बाइडेन डेमोक्रेटिक उम्मेद्वार भए भने ट्रम्पले गतिलो टक्कर पाउँन सक्छन्।अहिलेसम्मको अवस्था हेर्दा उनले बाँकिलाई त कसैलाई समलिङ्गी भनेर, कसैलाई महिला भनेर त कसैलाई समाजवादी (अमेरिकी कम्युनिष्ट) भनेर सिधै खाइदिन्छन्। किनकि, उनी आफू जित्न के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्थामा छन्।

अझै पनि तीन दर्जन जति संख्या रहेका बाँकि उम्मेद्वारले डेलिगेटको खाता खोल्न सकेनन्। 

मंगलबार न्यु ह्याम्पसायरमा २४ डेलिगेटका लागि पहिलो प्राइमरी हुँदैछ। त्यसमा सिनेटर स्याण्डर्स अगाडि रहेको मत सर्भेक्षणहरूले देखाएका छन्। उनलाई पछ्याउँदै दोस्रो स्थानमा मेयर बटिजज पुगेको देखिएको छ।

डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिको उम्मेद्वारी जित फस्ट ब्यालेटमा १९९० डेलिगेट्स जित्नुपर्ने हुन्छ। यदि कसैले त्यो जादुगरी संख्या पायो भने ऊ नै राष्ट्रपतिको उम्मेद्वार हुन्छ। यदि पाएन भने दोस्रो चरणमा सात सय ६६ सुपर डेलिगेट्सले मतदान गर्नेछन्। यो मतदानपछि उम्मेद्वारी जित्न २३७३ डेलिगेट्स आवश्यक पर्छ। 

आयोवा ककसलाई लिटमस टेस्ट मान्ने हो भने फस्ट ब्यालेटमै कसैले पनि ११९०को जादुगरी संख्या पुर्याउला जस्तो देखिएको छैन। त्यस्तो अवस्थामा सुपर डेलिगेट्सको मत निर्णायक हुने भएकाले संस्थापन पक्षका उम्मेद्वारको पल्ला भारी हुन्छ। 

ट्रम्प चुनाव जित्न के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्थामा छन्। उनले ढाँटे पनि, जे गरे पनि आफ्नैले गरे भन्ने अवस्थामा रिपब्लिकन पुगेका छन्।सिनेटमा महाअभियोग प्रस्तावमाथि मतदान हुनुअघि रिपब्लिकन सिनेटरहरू लाचार भएर यस्तै तर्क राखिरहेको दृश्य धेरै पुरानो भैसकेको छैन। 

अहिलेसम्मका लागि जो बाइडन नै डेमोक्रेटिक संस्थापन उम्मेद्वार जस्ता देखिएका छन्। उनले आफ्नो उम्मेद्वारीलाई केही पछि परेर पनि फस्ट ब्यालेटसम्म कायमै राख्न सके उनले नै डेमोक्रेटिक उम्मेद्वारी जित्ने सम्भावना प्रवल छ ।

यदि त्यसो भयो भने ट्रम्पले गतिलो टक्कर पाउँन सक्छन्।अहिलेसम्मको अवस्था हेर्दा उनले बाँकिलाई त कसैलाई समलिङ्गी भनेर, कसैलाई महिला भनेर त कसैलाई समाजवादी (अमेरिकी कम्युनिष्ट) भनेर सिधै खाइदिन्छन्। किनकि, उनी आफू जित्न के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्थामा छन्। उनले ढाँटे पनि, जे गरे पनि आफ्नैले गरे भन्ने अवस्थामा रिपब्लिकन पुगेका छन्।सिनेटमा महाअभियोग प्रस्तावमाथि मतदान हुनुअघि रिपब्लिकन सिनेटरहरू लाचार भएर यस्तै तर्क राखिरहेको दृश्य धेरै पुरानो भैसकेको छैन। 

प्रकाशित मिति: : 2020-02-10 22:35:38

प्रतिकृया दिनुहोस्