काेराेनाबाट २४ घण्टामा १ सय ३ जनाको ज्यान गयाे, कुन देशमा कति छन् सङ्क्रमित ?

काेराेना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ। ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन्।

गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ। भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नौ सय ७४ जनाको ज्यान गएको छ। यता हङकङ र फिलिपिन्स एक एक जानको मृत्यु भएको छ।

यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा मात्रै ४२ हजार ६ सय ३८ पुगेको स्वास्थ्य विभागले जानकारी दिएको छ। वुहानमा मात्रै  ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ।

अन्य देशमा संक्रमित कति?

हङकङ – ४२ 

फिलिपिन्स – ३ 

जापान – १६१

सिंगापुर – ४५

थाइल्याण्ड – ३२

दक्षिण कोरिया – २८

ताइवान – १८

अस्ट्रेलिया – १५

मलेसिया – १८

जर्मनी – १४

भियतनाम – १४

अमेरिका – १३

मकाओ – १०

क्यानडा – ७

फ्रान्स – ११

यूएई – ८

इटाली – ३

भारत – ३

बेलायत – ८

रुस – २

श्रीलंका – १

कम्बोडिया – १

फिनल्याण्ड – १

नेपाल – १

स्विडेन – १

स्पेन – १

बेल्जियम – १
 

प्रकाशित मिति: : 2020-02-11 21:17:17

प्रतिकृया दिनुहोस्