स्वस्थानी र ऋषिपञ्चमीका कथाहरुकाे पाना च्यात्नुपर्छ: यशाेदा सुवेदी

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद यशाेदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्ने खालको अभियानको आवश्यक रहेको बताएकी हुन्।  

‘छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रसासमा सशक्त अभियानको खाँचो छ। जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्, छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्न सकोस्’, उनले भनिन्।

गृह मन्त्रालयले छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न सुरु गरेको अभियान स्वागतयोग्य भएको सांसद सुवेदीले बताइन्।

उनले भनिन् ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु? मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ।’

प्रकाशित मिति: : 2020-02-12 05:21:23

प्रतिकृया दिनुहोस्