नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी सङ्गठनलाई अगाडि बढाउने बताएका छन्।
कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिँदै ज्ञवालीले गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो जोड रहने बताए।
उनले समाजमा शान्ति कायम गर्नु प्राथमिकताको विषय हुने बताए। ‘नेपाल प्रहरीले गर्ने भनेको, गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन’, ज्ञवालीले भने।
समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी सङ्गठन हरतहरले लाग्दै आएको र आगामी दिनमा लाग्ने बताउँदै उनले आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको बताए।