निर्मला पन्त प्रकरण : फुर्सदमा छानविन, हतारमा पुनरावलोकन !

अनलाइनखबर

काठमाडौं

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालभरि दोषी पत्ता लाग्न नसकेको निर्मला पन्त हत्या प्रकरणमा नयाँ बहस सिर्जना गरेर खनाल संगठनबाट बाहिरिएका छन् ।

वर्ष दिनसम्म दोषी पत्ता लाग्न नसकेको यो घटनामा नेपाल प्रहरी एक वर्षसम्म फुर्सदमा बस्यो । तर, आइजीपीबाट खनालको बहिर्गमन हुने बेलामा हतार–हतार एउटा पुनरावलोकन समिति गठन गरियो र डीआईजी धीरु बस्न्यातको छानविन प्रतिवेदनलाई खारेज गर्ने सिफारिस गरियो ।

डीआईजी सुरज केसीको अध्यक्षतामा माघ १९ गते एक पुनरावलोकन समिति गठन भएको थियो । समितिमा एसएसपी दीपक थापा, एसपी गोपालचन्द्र भट्टराई, डीएसपीत्रय अवदेश बिष्ट, गणेश बहादुर श्रेष्ठ, श्री गोबिन्द थापा र इन्स्पेक्टर वीरेन्द्र घिमिरेलाई सदस्यका रुपमा राखिएको थियो ।

 

प्रकाशित मिति: : 2020-02-12 20:01:44

प्रतिकृया दिनुहोस्