दिल्लीमा फेरि आम आदमी पार्टीको सरकार

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी  (आप) ले  फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै ६२ सिटमा जित हासिल गरेको छ। सन् २०१५ मा तीन सिट जितेको भारतीय जनता पार्टी (भाजपा) ले यसपटक आठ सिट जितेको छ। 

चुनाव आयोगका अनुसार जम्मा ७० सिटमध्ये आप ६२ सिटमा विजयी हुँदा भाजपाले आठ सिटमै चित्त बुझाउनु पर्‍याे। गएको चुनावमा शून्यमा रहेको काङ्ग्रेसले यसपटक पनि खाता खोल्न सकेन। 

मत प्रतिशतको कुरा गर्दा आप ५३ दशमलव ६५ प्रतिशत मतका साथ सबैभन्दा ठूलो पार्टी भएको छ। भाजपा ३८ दशमलव ४२ प्रतिशत मतका साथ दोस्रो स्थानमा छ। सन् २०१५ को विधानसभा चुनावमा नौ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेको काङ्ग्रेस यसपटक मात्र ४ दशमलव २८ प्रतिशतमा सिमित भएको छ। 

दिल्लीका मुख्य मन्त्री केजरीवाल विधान सभाका लागि भारी मतले बिजय भएका छन्। आपका केजरीवाले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा) का सुनील कुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गरेको छ। केजरीवालसँगै, उपमुख्यमन्त्री मनीष सिसोदियासँगै राघव चड्ढा, आतिशी र दिलीप पान्डे विजयी भएका छन्। 

प्रकाशित मिति: : 2020-02-12 21:00:04

प्रतिकृया दिनुहोस्