हत्याआरोपी विजय चौधरीकी आमालाई थाहा छैन छोराको ‘आत्महत्या’

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यापछि आत्महत्या गरेको अभियोग लागेका विजय चौधरीको दाङको लमहीस्थित घर, विजयका आफन्त तथा छिमेकीहरु घटनापछि शोक र आश्चर्यमा छन्। तस्बिरहरु : दशरथ घिमिरे/देश सञ्चार

दाङ – एक हप्ताअघि छोरा विजयसँग बुवा जानकीले फोनमा गरेको कुरा नै बुवा–छोराको अन्तिम संवाद बन्यो।

विजयले फोनमा मालिक्नी (मुना) लाई तोरीको तेल र मसुरोको दाल चाहिएकाले खोजीदिन भनेका थिए।

यहाँ जानकीले तोरीको तेल र मसुरोको दाल खोज्दै थिए । उता मुना र विजय दुवैको जीवनलिला समाप्त भयो।

गएको सोमबार ललितपुर महानगरपालिका–२ सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की र घरमा काम गर्ने विजय चौधरीको शव भेटियो ।

प्रारम्भीक अनुसन्धानमा विजयले मुनाको हत्या गरी आफूले पनि आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-02-12 23:50:32

प्रतिकृया दिनुहोस्