'जनयुद्धका शहीदको अपमान गणतन्त्रमाथिकै प्रहार'

सामाजिक न्यायका लागि गरिएका संघर्ष व्यक्ति विशेषमा मात्र सीमित हुँदैन । समाजमा अन्याय भएपछि स्वाभाविक विद्रोह हुन्छ । निमुखा श्रमजीवी वर्गमाथि गरिएको उत्पीडन वा अन्याय केही समय निरन्तर होला । परन्तु आफ्नो वर्ग वा समुदाय उत्पीडनमा रहेको महसूस हुनेबित्तिकै विद्रोहको घोषित शुरूवात अवश्य हुन्छ । शासक वर्गले यदि शोषणलाई निरन्तरता दिने प्रयास गर्दछ भने आफ्नो अधिकारका लागि सशस्त्र विद्रोहको सम्भावना हुन्छ । विद्रोह गर्ने जनताको अधिकार हो । उत्पीडित वर्गले आफ्नो अधिकारको लागि संघर्ष गरेको नेपालको सन्दर्भमा जनयुद्ध हो ।

मुलुकको उन्नतिको निम्ति कुनै पनि क्षेत्रबाट आफ्नो बलिदानी दिने मात्र शहीद हुन् । सबै शहीद मुलुकका साझा सम्मानित व्यक्ति हुन् । खास अर्थमा प्रजातन्त्र, बहुदल र गणतन्त्रका लागि आहुति दिने र सिमानामा बसेर मुलुकको रक्षा गर्दागर्दै आफ्नो बलिदानी दिनेहरू वास्तविक शहीद हुन् । आजकल टोलमा झगडा गरेर मृत्यु भएका टोले दादादेखि कुनै अपराध गरेर जेलमा मर्ने पनि शहीद बनेका छन् । सरकारको यो घोषणाले ‘शहीद’ शब्दमा अन्योल उत्पन्न भएको छ । यी र यस्ता कार्यले शहीदको परिभाषामा सामान्यीकरण गर्न खोजिए जस्तो पनि देखिन्छ ।

प्रकाशित मिति: : 2020-02-14 05:03:26

प्रतिकृया दिनुहोस्