प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाबाट सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदको समय लिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिएका थिए। प्रतिनिधि सभाको बैठक शुक्रबार २ बजे बस्दैछ। बैठकको सुरुआतमै प्रधानमन्त्रीले वक्तव्य दिन लागेका सरकारका प्रवक्ता समेत रहेका बाँसकोटाले जानकारी दिए।