कुवेतमा ज्यान गुमाउने ६ मध्ये ४ नेपालीको पहिचान खुल्यो

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको मृत्यु भएको कुबेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। ज्यान गुमाएका ६ जनमध्य चार जनाको पहिचान खुलेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार मृत्यु हुनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन्।

मृत्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको छ। यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि काममा फर्केको दूतवासले जनाएको छ।

कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु बुधवार दुर्घटनामा परेका थिए। सीजीजीसी कम्पनीले सडक विस्तारको काम गर्छ।

यही कम्पनीमा कार्यरत अर्घाखाँचीका एक युवाका अनुसार कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन्। जसमध्ये २ हजार बढी नेपाली कामदार कार्यरत छन् । नेपालीबाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन्।

प्रकाशित मिति: : 2020-02-14 11:37:32

प्रतिकृया दिनुहोस्