जिम्मेवारी धेरै, पदावधि थोरै

सुवास गोतामे

काठमाडाैं

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको पदावधि झन्डै पाँच महिना मात्र रहनेछ। उनका जिम्मेवारी भने धेरै देखिएका छन्। उनले पदभार सम्हाल्दै गर्दा तत्कालीन आईजीपी सर्वेन्द्र खनालसहित विभाग, प्रदेश प्रहरी र विभिन्न निर्देशनालयका प्रमुख एकसाथ बिदाइ भए। विभागमा एआईजी, प्रदेश प्रहरी र विभिन्न निर्देशनालयमा डीआईजी प्रमुख रहन्छन्। यो रिक्तता लामो समय रहे प्रहरीको दैनिक कामकाजमा गम्भीर असर पर्ने देखिन्छ। उपल्लो तहका प्रहरी अधिकृत खाली हुँदा त्यसको भार आईजीपीले थेग्नुपर्ने हुन्छ।

नेपाल राष्ट्रिय प्रहरी प्रतिष्ठान, अपराध एवं कार्य विभाग, प्रशासन, प्रबन्ध, प्रदेश प्रहरीको २ र ७ बाहेक पाँच प्रदेश, अन्वेषण योजना निर्देशनालय, वृत्तिविकास निर्देशनालय, ट्राफिक निर्देशनालय, महिला बालबालिका तथा सेवा निर्देशनालयलगायत प्रमुखविहीन छन्। सुरुमा एआईजी बढुवा गरे मात्रै अन्य पदमा बढुवाको बाटो खुल्ने देखिन्छ।

प्रकाशित मिति: : 2020-02-14 21:42:50

प्रतिकृया दिनुहोस्