प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर शनिबारसम्मका लागि स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो।
राष्ट्रियसभा सांसद उपाध्यायको शुक्रबार ५१ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको थियो। उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर कांग्रेसका राष्ट्रियसभा सदस्य उपाध्यायको निधन भएपछि बैठकमा शोक प्रस्ताव पारित गरि सदन स्थगीत गरिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन्।